एन आई सी एशिया बैंक पुग्यो भोजपुरको दिङ्गलामा

कात्तिक ९, भोजपुर । आक्रमक बजार रणनीति अपनाएको एन आई सी एशिया बैंकले ग्रामिण क्षेत्रमा शाखा विस्तारको कार्यलाई निरन्तरता दिइरहेको छ । यसै सिलसिलामा बैंकले पूर्वी पहाडी जिल्ला भोजपुरको षडानन्द नगरपालिका दिङ्गलामा पनि शाखा विस्तार गरेको छ । उक्त शाखाको आज षडानन्द नगरपालिकाका मेयर विरबल राईले उद्घाटन गरे । उनले पहाडी क्षेत्रका जनतालाई सर्वसुलभ बैकिङ सेवा प्रदान गर्न एन आइ सी एशिया बैंकले अपनाएको रणनीतिको प्रशंसा गर्दै भोजपुर दिङ्गला नगरपालिका क्षेत्रका जनताले विस्वासिलो र सर्वसुलभ बैकिङ सेवा पाउने विस्वास ब्यक्त गरे ।
बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २६४ शाखा कार्यालयहरु, २६२ एटिएम, २६ वटा एक्सटेन्सन काउण्टर एवं १८ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।
बैंकको वासलातको आकार रू. १९९ अर्ब भन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब रू. १६७ अर्ब तथा कर्जा रू. १३८ अर्ब पुगि निजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमा आफ्नो पहिचान बनाउन सफल भइसकेको छ ।
null
हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब १३ लाख ५० हजार रहेको छ । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।
बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा कार्यालय संचालन गर्ने योजना अगाडि सारेको बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सुधिर नाथ पाण्डेले बताए ।








