‘हामी मधेसी जनताको स्वाभिमान गिर्न दिने छैनौँ’– डा. शेखर कोइराला

कात्तिक १४, काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले मधेसी जनताको हक र अधिकारको ग्यारेन्टी काँग्रेसले मात्रै गर्न सक्ने दाबी गरेका छन् । 

रौतहटको पिपरामा आयोजित कार्यक्रममा नेता कोइरालाले सरकार मधेसविरोधी भएको आरोप लगाउँदै उनले यस्तो बताएका हुन् । 

कार्यक्रममा कांग्रेसलाई बलियो बनाउन आग्रह गर्दै उनले भने, ‘हामी मधेस र मधेसी जनताको शिर कहिल्यै पनि झुक्न र स्वाभिमान गिर्न दिने छैनौं।’ 

null

संघीयता मधेसी जनताको रगतसँग साटिएको बताउँदै नेता कोइरालाले जनताको रगतसँग साटिएको संघीयता कुनै पनि हालतमा गुम्न नदिने प्रतिबद्धता जनाए । साथै उनले वर्तमान सरकार संघीयता समाप्त गर्नतिर लागेको आरोप लगाए ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *