अज्ञात समूहद्वारा घाँटी रेटेर बृद्धको हत्या

२०७५ कार्तिक ११ गते

बारा । बारामा शनिबार राति एकजना बृद्धको हत्या भएको छ ।
कलैया उपमहानगरपालिका – २३ कोइरिया टोलका झण्डै ६० वर्षीय नन्दलाल पटेलको अज्ञात समूहले हत्या गरेको प्रहरी नायब उपरीक्षक रंजित सिंह राठौरले बताए।
खाना खाएर घर नजिकै गोठमा गएको बेला अज्ञात समूहले घाँटी रेटेर पटेलको हत्या गरेको हो । घटना राति साढे आठ बजेको हो ।
null
घटनाका बारेमा थप अनुसन्धान भैरहेको प्रहरी नायब उपरीक्षक राठौरले जानकारी दिए।

२०७५ कार्तिक ११ गते
प्रतिक्रिया
सम्बन्धित