गाँजा र चरेससहित दुई जना पक्राउ

वीरगञ्ज । पर्साको पटेर्वासुगौली गाउँपालिकाबाट प्रहरीले गाँजा र चरेश सहित २ व्यक्तिलाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा मकवानपुरका मनहरी गाउँपालिका ४ डिल्लीपुर बस्ने ५२ बर्षका वीरबहादुर मोक्तान र पलाँसे गाउँपालिका ३ सरिखेतका ४४ बर्षका सूर्यबहादुर स्याङ्तान रहेका छन् । उनीहरुको साथबाट झण्डै ६० किलो गाँजा र १५ किलो चरेश बरामद गरीएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । 

अन्दाजी ६० किलो गाजाजस्तै देखिने धुलो र १५ किलोभन्दा बढी चरेशजस्तै देखिने धुलो नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी सत्यनारायण थापाले जानकारी दिए । इलाका प्रहरी कार्यालय पटेर्वासुगौली र प्रहरी चौकी रंगपुरबाट खटिएको टोलीले पटेर्वासुगौली गाउँपालिका १ सोनवर्षाबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो । 

null

गाँजा र चरेश सहित मानिस नियन्त्रणमा लिइएको बारेमा दिउँसो २ बजे पत्रकार सम्मेलन गरेर विस्तृत जानकारी गराइने प्रहरीले जनाएको छ । 

प्रहरी निरीक्षक आशिष अधिकारीले मकवानपुरबाट झोलामा गाँजा लिएर आउँदै गरेको बेला उनीहरु पक्राउ परेका र आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा ल्याईएको जानकारी गराए । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *