धरानमा एक युवामाथि खुकुरी प्रहार, कैदीबन्दीको मृत्यु

कात्तिक ९, धरान । धरान– १५ बगरकोटमा एक युवामाथि खुकुरी प्रहार भएको छ । धरान ११ का विनोद गुरुङमाथि उनकै साथी हेमराज गुरुङले खुकुरी प्रहार गरेका हुन् । 

बिहीबार बेलुकी करिब साढे सात बजे उनीमाथि खुकुरी प्रहार भएको हो । खुकुरी प्रहारबाट विनोद गम्भीर घाइते भएका छन् । अहिले नोबेल अस्पताल विराटनगरमा उनको उपचार भइरहेको जनाइएको छ । 

खुकुरी प्रहार गर्ने गुरुङलाई इलाका प्रहरी कार्यालय धरानले नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय धरानका डिएसपी सुमन तिम्सिनाले जानकारी दिए । 

null

त्यस्तै सुनसरीको झुम्का नगरपालिकामा रहेको क्षेत्रीय कारागारमा बिहीबारै एक कैदीको मृत्यु भएको छ । उदयपुर हडिया–८ का ३६ वर्षीय राधेश्याम चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कारागारमा कर्तव्य ज्यान मुद्दामा कैद भुक्तान गरिरहेका उनी मुटुसम्बन्धी रोगबाट पीडित थिए । उनलाई उपचारका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो। उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *