काभ्रेमा सवारी दुर्घटना : पत्रकार, डीआईजी र नेताको मृत्यु, ४ जना घाइते

काभ्रे । मण्डनदेउपुरमा भएको सवारी दुर्घटनामा नेपाल प्रहरीका डीआईजीसहित तीन जनाको मृत्यु भएको छ । मन्डन देउपुर नगरपालिका–५ मारहेको ढकाल थोकमा बा ३ च २८७ नम्बर को जीप दुर्घटनामा परेर ४ जना घाइते भएका छन् । 

जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख रविराज खड्काले दिएको जानकारी अनुसार मण्डन देउपुर–४, का जीवन पराजुली, नमोबुद्ध नगरपालिका १० का विनोद कार्की र मानव श्रोत अन्र्तगत केन्द्रीय कार्यालयमा कार्यरत शुशिल भण्डारीको दुर्घटनामा मृत्यु भएको छ । 

पराजुली र कार्कीको घटनास्थलमा नै र डीआईजी भण्डारीको धुलिखेल अस्पतालमा मृत्यु भएको हो । पराजुली एभिन्यूज टेलिभिजन काभ्रेमा सम्बाददाता रहेर पत्रकारिता गर्दै आएका थिए । कार्की ट्रेड यूनियन कांग्रेसका ३ नम्बर प्रदेशका संयोजक हुन् । 

null

घाइते तीन जनाको धुलिखेल अस्पतालमा उपचार भैरहेको छ । घाइते हुनेमा एपीएफका पूर्व डीएसपी विनोद गौतम, धनराज पुरी र प्रदीप बोगटी छन् । गाडी बोगटीले चलाउनुभएको थियो । 

घाइते बोगटीका अनुसार बिजुलीको तार छलाउने क्रममा कोदोबारीमा चिप्लिएर जीप दुर्घटना भएको थियो । मृतक पराजुली र कार्कीको शव भने पोष्टमार्टमको लागि शिर मेमोरियल अस्पतालमा ल्याइएको छ भने भण्डारीको शव धुलिखेल अस्पतालमा छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *