१ नं प्रदेशमा डेढ दर्जन ऐन निर्माण

विराटनगर, असोज १६ । १ नं प्रदेशमा डेढ दर्जन ऐन निर्माण भएका छन् । प्रदेशसभाबाट पारित २० वटा विधेयक मध्ये १८ वटामा लालमोहर लागेपछि तीनले ऐनको रुप लिएका छन् । प्रदेश प्रमुखबाट लालमोहर लागेका यी ऐन कार्यान्वयमा आएका छन् । 

प्रदेश प्रमुख प्रा.डा गोविन्दबहादुर तुम्बाहाङले प्रदेशसभाको विभिन्न बैठकबाट पारित भई आएका १८ वटा विधेयक प्रमाणिकरण गरेका छन् । 

उनले मंगलबार मात्र एकै दिन ३ वटा विद्येयक प्रमाणिकरण गरेको प्रदेश प्रमुखको कार्यालयका सचिव रामकृष्ण गुँरागाईले जानकारी दिए । 

null

गुँरागाईका अनुसार प्रदेशसभा बैठकबाट पारित विपत व्यवस्थापन समबन्धमा व्यवस्था गर्न बनेको विद्येयक, सामाजिक विकास विद्येयक र प्रशासकीय कार्य विद्यि (नियमित गर्ने) समवन्धमा बनेको विद्येयक मंगलबार प्रमाणिकरण भएको हो । 

प्रदेश सरकारका सम्बन्धित मन्त्रालयले पेश गरेको विधेयकलाई प्रदेश सभाले पारित गरेपछि त्यसलाई कानुनको रुपमा दिन प्रदेश प्रमुखले प्रमाणिकरण गर्नुपर्ने संवैधानिक व्यवस्था रहेको छ । 

जस अनुसार संविधानको धारा २०१ को उपधारा (२) बमोजिम प्रदेश प्रमुख तुम्बाहाङले प्रमाणिकरणका लागि पेश भएका विधेयकहरुलाई लालमोहर लगाएका हुन् । विद्येयक प्रमाणिकरणपछि आवश्यक कानुन कार्यान्वयका लागि नियमन गर्न प्रदेश सरकारलाई सहज हुनेछ । 

प्रदेशसभा सचिवालका कानुन अधिकृत मञ्जु खड्काका अनुसार प्रदेश सभाले अहिलेसम्म २० वटा विधेयक पारित गरेको छ । दुईवटा विधेयक प्रदेशसभा सचिवालयमा दर्ता भएको छ । ७ फागुनमा प्रदेशसभाको गठन भएको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *