यसपटककाे दसैंमा तीन शक्तिकाे टीका

कार्तिक २, काठमाडाैं । विजयादशमीकाे अवसरमा राष्ट्रपति देखि प्रधानमन्त्री र पूर्वराजा सम्मले सर्वसाधारणका लागि टीका लगार्इदिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा अाेली र पूर्वराजा ज्ञानेन्द्र शाहले सर्वसाधारणलार्इ टीका लगार्इदिएका छन् । 

यसवर्ष राष्ट्रकवी माधव घिमिरेकाे हातबाट टीका ग्रहण गर्नेहरूकाे समेत भिड थियाे । पूर्वराजाले सर्वसाधारणलार्इ टीका लगार्इदिँदै अाफ्ना पक्षमा अझै जनमत रहेकाे छनक दिए । 

प्रधानमन्त्री केपी शर्मा ओलीले पिता मोहनप्रसाद ओलीको हातबाट दशैको टीका लगाएका छन् । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बिहान शुभसाइतमा पिता मोहन प्रसादको हातबाट टीका र जमरा लगाए । पिताको हातबाट टीका लगाउनु अघि प्रधानमन्त्री ओलीले पुरोहितको हातबाट नवदुर्गा भवानीको प्रसाद स्वरुप टीका र जमरा ग्रहण गरेका थिए । 

null

आफू टीका लगाएपछि प्रधानमन्त्री ओलीले श्रीमती तथा आफन्तजनलाई टीका लगाइदिएका छन् । वडादशैंको टीका लगाएपछि प्रधानमन्त्री ओलीले स्वदेश र विदेशमा रहेका नेपालीलाई शुभकामना दिँदै सबैको सुस्वास्थ्य, उन्नति, प्रगती र सफलताको कामना गरेका छन् । उनले विशिष्ठ महानुभाव र सर्वसाधारणलार्इ समेत टीक लगाइदिएका छन् ।  

यसैगरी पूर्वराजा ज्ञानेन्द्रले पनि सर्वसाधारणलार्इ टीका लगार्इदिएका छन् । निर्मल निवासमा पूर्वराजा ज्ञानेन्द्रकाे हातबाट टीका थाप्न सर्वसाधारणकाे बाक्लाे उपस्थिति रहेकाे थियाे । शुक्रबार पहिलेका दसैंभन्दा शुभेच्छुकको भीड बाक्लो देख्दा शाह प्रशन्न देखिन्थे। राप्रपा अध्यक्ष कमल थापा टिका ग्रहण गर्न निर्मल निवास पुगेका थिए। भने, पूर्वपञ्च, सेना तथा प्रहरीका पूर्वअधिकारीहरू लगायत टिका थाप्न पुगेका थिए। पाका बृद्धबृद्धा तथा बालबालिका समेत पूर्वराजा-रानीको हातबाट टिका लगाउन गएका थिए। 

राष्ट्रपति विद्यादेवी भण्डारीबाट उपराष्ट्रपति नन्दबहादुर पुनः, प्रधानमन्त्री अाेलीदेखि उच्च पदस्थ व्यक्तित्वहरुलाई टीका लगाइदिएकी छन् । शुक्रबार शितलनिवासमा उपराष्ट्रपति नन्दकिशोर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, मन्त्रीहरु, राज्यमन्त्री लगायतले टीका लगाए ।  

राष्ट्रपति भण्डारीले छोरीज्वाँइ उषाकिरण र उमेश थापा तथा निशाकुसुम र अभिषेक यादवलाई टीका–जमरा लगाइदिइन्। उनले परिवारका अन्य सदस्यका साथै राष्ट्रपति कार्यालयका कर्मचारी, सुरक्षाकर्मी र समाचार सङ्कलन गर्न पुगेका सञ्चारकर्मीलाई पनि टीका जमरा लगाइदिइन्। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *