ग्यासको मूल्य घट्यो, नयाँ मूल्य आजै मध्यरातिदेखि लागू

काठमाडौं, साउन १७ । सरकारले खाना पकाउने ग्यासको मूल्य पुनः घटाएको छ । नेपाल आयल निगमले प्रतिसिलिण्डर २५ रुपैयाँले ग्यासको मूल्य घटाएको हो । अब खाना पकाउने एक सिलिण्डर ग्यासको मूल्य १३ सय २५ रूपैयाँमा झरेको छ । नयाँ मूल्य आज मध्यरातिदेखि नै लागू हुनेछ ।

मूल्य घटाएपछि पनि आयल निगमलाई एक सिलिण्डर ग्यासमा ७४ रुपैयाँ ९० पैसा अझै नाफा छ । पेट्रोल, डिजेल, मट्टीतेल र हवाइ इन्धनको मूल्य भने यथावत छ ।  नयाँ दरअनुसार निगमलाई प्रतिलिटर पेट्रोलमा ४ रुपैयाँ ८४ पैसा नाफा र डिजेलमा १ रुपैयाँ १८ घाटा रहेको छ ।  त्यस्तै मट्टीतेलमा १७ रुपैयाँ १३ रुपैयाँ नाफा, हवाइ इन्धन (आन्तरिक) मा ९ रुपैयाँ १६ पैसा नाफा, र हवाइ इन्धन (बाहृय) मा २० रुपैयाँ २९ पैसा नाफा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *