विकास निर्माणमा व्यापक अनियमितता

सर्लाही , साउन १७ । सर्लाहीको बलरा नगरपालिकामा पर्ने साबिकको सुदामा गाविसमा गत आर्थिक वर्ष २०७३÷०७४ मा भएका विकास निर्माणका कामहरुमा व्यापक अनियमितता भएको पाइएको छ । आज बिहान जिल्ला प्रशासन कार्यालय मलंगवाबाट गएको टोलीले स्थलगत अनुगमन गर्दा कामै नगरी रकम निकासा गरेको पाइएको हो ।

अनुगमनका क्रममा सडक ग्राभेलिङ, नहर सफाई, धर्मशाला निर्माण र खुल्ला दिसामुक्त क्षेत्र घोषणाका लागि छुट्याइएको रकम दुरुपयोग गरेको पाइएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत एवं सूचना अधिकारी सुरेश दासले जानकारी दिनुभयो ।

कामै नगरी फर्जी कागजात पेशगरी बजेट दुरुपयोग गरिएको भन्दै सुदामाका स्थानीय वाषिन्दा केही हप्ता अघि जिल्ला प्रशासन कार्यालय मलंगवामा डेलिगेसन आएका थिए । स्थलगत अनुगमन पश्चात बलरा नगरपालिकालाई सुदामा गाविसमा सञ्चालित योजनाहरुको कागजात दुई दिन भित्र पेश गर्न निर्देशन दिइएको जिल्ला प्रशासन कार्यालय मलंगवाले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *