प्रदेश नम्बर दुईको निर्वाचनमा पनि आफ्नो पार्टी पहिलो शक्ति बन्ने

साउन १७, विरगंज । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका महासचिव इश्वर पोखरेलले प्रदेश नम्बर दुईको स्थानीय तह निर्वाचनमा पनि आफ्नो पार्टी पहिलो शक्ति बन्ने दावी गर्नु भएको छ ।

महासचिव पोखरेलले सत्तारुढ दलहरुले जतिसुकै गठबन्धन गरेपनि प्रदेश नम्बर २ मा आफ्नो पार्टीलाईं पहिलो शक्ति बन्नबाट रोक्न नसक्ने चेतावनी पनि दिनु भयो । पर्साको विरगंजमा मंगलबार आयोजित प्रेस चौतारी नेपाल प्रदेश नम्बर २ को विस्तारित बैठकलाई सम्बोधन गर्दै उहाँले आफ्नो पार्टीको विरुद्धमा सत्तापक्षले भ्रम छरिरहेको उल्लेख गर्दै त्यसलाई चिरेर अघि बढन पनि पार्टीका नेता कार्यकर्तालाई निर्देशन दिनु भयो ।

महासचिव पोखरेलले जनसंख्या र भूगोलकै आधारमा स्थानीय तहको संख्या निर्धारण गरेको उल्लेख गर्दै त्यसमा राष्ट्रिय जनता पार्टीले आपत्ति मान्नुपर्ने विषय नरहेको तर्क पनि गर्नु भयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *