साउन २० गते भरतपुर–१९ मा मतदान हुने

चितवन, १७ साउन– गणनाका क्रममा माओवादीले मतपत्र च्यातेपछि रद्द भएको भरतपुर महानगरपालिका वडा नम्बर १९ को निर्वाचन साउन २० गतेका लागि तोकिएको छ । निर्वाचन आयोगले जिल्ला निर्वाचन अधिकृतलाई नै मतदानको मिति तोक्ने अधिकार दिए अनुसार निर्वाचन कार्यालयमा बसेको सर्वदलीय बैठकपछि मिति घोषणा भएको हो ।

निर्वाचनको लागि आजैबाट शून्य समय सुरु भएको छ । शून्य समयमा चुनाव प्रचार प्रसार गर्न पाइँदैन । निर्वाचन मिति घोषणा हुनुअघि नै मतपत्र च्यात्ने मधु न्यौपानेलाई लिएर उम्मेदवार रेणु दाहाल सहित माओवादीले चुनाव प्रचार गरेको थियो । मतदाताले भने बैशाखमा दिएको मत च्यातेर फेरि किन भोट माग्न आएको भन्दै प्रश्न गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *