निर्मात्री बन्दै केकी अधिकारी
मकालु खबर
२०७४ जेठ १५ गते
“
साउन १७ । निशा अधिकारी, दिपाश्री निराैला लगायतका अभिनेत्रीहरुले फिल्म निर्माण गर्दै निर्मात्री बनिसकेका छन् । यस्तैमा अर्की एक अभिनेत्री केकी अधिकारी पनि निर्मात्री बन्ने भएकी छिन् ।
यसअघि पनि फिल्म ‘लभ शाशा’ मा कार्यकारी निर्मात्री बनिसकेकी केकी अब निर्मात्री भएर फिल्म बनाउन लागेकी हुन् । उनले म्युजिक भिडियो निर्देशक विशाल भण्डारीको साथमा डार्क कमेडी फिल्म बनाउन लागेकी हुन् ।
केकीले केही समय अघि देखि नै फिल्म बनाउने योजना बनाएकी थिइन् । अहिले उक्त फिल्मको स्क्रिप्टमा काम भइरहेको छ । फिल्मको नाम भने अझै टुंगो लाग्न बाँकी छ ।
“
मकालु खबर
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित