लिअाेनल मेसी गत वर्ष म्यानचेस्तर सिटीमा आवद्ध हुन चाहेकाे खुलासा

एजेन्सी । बार्सिलोनाका सुपरस्टार लिओनल मेसीले गत वर्ष क्लब छोड्न चाहेको र पेप ग्वार्डिओलासँगै म्यानचेस्टर सिटीमा आवद्ध हुन चाहेको सार्वजनिक भएको छ । खेलाडीहरुको क्लब स्थानान्तरणको विषयलाई लिएर टिभी ३ च्यानलले निमार्ण गरेको डकुमेन्ट्रीमा मेसीले गत वर्ष नै बार्सिलोना छाड्न चाहेको सार्वजनिक भएको हो । ‘जोकस फिस्कल्स’ नाम दिएको डकुमेन्ट्रीमा मेसीका बुवाले म्यानचेस्टर सिटीका कार्यकारी प्रमुख फेरान सोरियानोसँग सम्पर्क बनाएर आफ्नो छोराले बार्सिलोना छोड्न चाहेको अवगत गराएका थिए ।

मेसीका बुवा जर्जेले आफ्नो छोरा ‘चेपुवा’ मा परेको भन्दै उनको उद्धार गर्न आग्रह गरेका थिए । यी दुईबीच टेलिफोन सम्पर्क ६ जुलाई २०१६ मा भएको थियो । त्यसको ४ दिनपछि ग्वार्डिओलाले मेसीलाई भेटेको बताइएको छ । त्यतिबेला ग्वार्डिओला छुट्टी मनाउन स्पेन फर्किएका थिए । ग्वार्डिओलाले यो खबर पाएपछि मेसीसँग भेट गरेको बताइएको छ ।

मेसी त्यतिबेला कर छलीको आरोपमा २१ महिना जेल सजायको निर्णयबाट निकै बिचलित थिए । यसै कारण मेसीका बुवा जर्जेले आफ्नो छोरा क्याम्प नोउको चेपुवामा परेको बताएका थिए । जर्जेले बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बार्टोमेउलाई भेटेरै आफ्नो छोरालाई प्रिमियर लिगमा जान मार्ग प्रसस्त गरिदिन आग्रह गरेका थिए । जुन बार्टोमेउका लागि स्तब्ध पार्ने प्रस्ताव थियो ।

यो घटनापछि क्लब अध्यक्ष तुरुन्त सक्रिय भएको र उनले मेसीलाई बोलाएर कुरा गरेको बताइएको छ । बार्टोमेउले मेसीलाई कर छलीको आरोपमा उनलाई कुनै प्रकारको अफ्ठेरो पर्न नदिने र उनको पक्षमा क्लब लड्ने आश्वासन दिएपछि मेसी र म्यानचेस्टर सिटीबीचको वार्ता भंग भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *