राजपाका नेताहरु भारतीय राजदूतावास लैनचौर पुगेपछि

२०७४ जेठ १५ गते

“
काठमाडौं, १७ सााउन । मधेशवादी दल राजपाका नेताहरु भारतीय राजदूतावास लैनचौरमा पुगेका छन् । राजपाका अध्यक्षमण्डलका सबै नेताहरु भारतीय दूतावासमा पुगेको स्रोतले बताएकाे छ ।
उनीहरुले अहिले भारतीय राजदूत मन्जिवसिंह पुरीसँग स्थानीय निर्वाचन र संबिधान संशोधनको विषयमा छलफल गरिरहेका छन् । उनीहरु सुटुक्क भारतीय दूतावासमा पुगेका हुन् । यस अघि भारतीय राजदूत पुरीले राजपाका नेताहरुलाई चुनावमा सहभागि हुन सुझाव दिएका थिए ।
राजपाका नेताहरुले भने झैं अहिले संबिधान संशोधनको वातावरण नभएकोले चुनावमा जानु नै उत्तम हुने विचार पुरीले राखेका थिए । राजपाका नेताहरुले संबिधान संशोधन र स्थानीय निर्वाचनका विषयमा छलफल केन्द्रीत गरेका छन् ।
“

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित