रघुनाथ बहुमुखी क्याम्पसमा तालाबन्दी

विष्णु जोशी, धनगढी । कैलालीको बौनियामा रहेको रघुनाथ बहुमुखी क्याम्पसमा तालाबन्दी भएको ६ दिन भइसक्दा समेत खुलेको छैन । स्थानीय स्तरका जनप्रतिनिधिहरूलाई सम्मान गर्ने बेला पार्टीको झन्डा राखेर राजनीतिक कार्य गरेको भन्दै स्वतन्त्र विद्यार्थी युनियनले १० गतेदेखि तालाबन्दी गरेको हो ।

विद्यालयका प्रअ नृपबहादुर कुँवरले समस्या समाधानका लागि आफू छलफल गर्न तयार भएता पनि बन्दकर्ताहरू सम्पर्कमा नरहेको बताएका छन् । तर, स्वतन्त्र विद्यार्थी युनियनका सभापति सिद्ध जोशीले भने क्याम्पस प्रशासनले समस्याप्रति चासो नै नदिएको आरोप लगाउनु भयो ।

क्याम्पसका आम विद्यार्थीहरू भने पाँच दिनसम्म तालाबन्दीका कारण आफूहरूको पढ्न पाउने अधिकार हनन् भइरहेको बताएका छन् । अनेरास्ववियु सभापति जोशीले भाेली देखि पठनपाठन सञ्चालन हुने तर आफूहरूको आन्दोलन जारी रहने बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *