रामेछापको ८ वटै स्थानिय तहमा मतदाता नामावली सुरु

रामेछाप, साउन १७ । रामेछाप जिल्लाको सबै स्थानीय तहबाट मतदाता नामावली संकलन कार्य सुरु भएको छ । जिल्ला निर्वाचन कार्यलयले हिजोदेखि २ नगरपालिका र ६ गाउँपालिका केन्द्रबाट एकैसाथ मतदाता नामवली संकल्लन कार्य सुरु गरेको हो ।  जिल्ला सदरमुकाम मन्थलीबाट साउन १ गतेदेखिनै मतदाता नामवली तथा त्रुटी सच्याउने कार्य गरिएको भएपनि निर्वाचन आयोगको निर्देशन बमोजिम अन्य ठाउँमा भने आजबाट कार्य संचालन गरिएको निर्वाचन कार्यालयका प्रमुख कपिलप्रसाद उपाध्यायले बताउनुभयो ।

जिल्लामा मतदाता नामावलीमा नाम दर्ता गराउन नागरिकहरुले उत्साहजनक सहभागिता उहाँले बताउनुभयो । उहाँले साउन १ गतेदेखी १५ गते सम्मको तथ्याङकलाई हेर्दा १ हजार ९ सय १० मतदाताले नाम दर्ता गराएको बताउनुभयो । मतदाता नामावली संकलन कार्यक्रम साउन ३२ गते बुधबारसम्म ८ वटै स्थानीय तहबाट संचालन हुने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *