पुरिएका खाल्डाखुल्डीमा प्रधानमन्त्रीको चासो

काठमाडौं, साउन १७ । प्रधानमन्त्री शेरबहादुर देउवाले उपत्यकाका सडकका खाल्डाखुल्डी पुरिएको अवस्थाका विषयमा प्रधानमन्त्री शेरबहादुर देउवाले छलफल गर्दै हुनुहुन्छ । हिजो निर्देशन दिएको १५ दिने समय सकिएपछि आज जिम्मेवारी पाएका सचिव, प्रधानमन्त्री कार्यालयका सचिवसँग छलफल गर्ने तयारी छ ।

दिउँसो छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । गत साउन १ गते प्रधानमन्त्री देउवाले सरोकारवाला मन्त्रीदेखि विभागीय प्रमुखसम्मलाई एकै ठाउँमा राखेर राजधानीका सडकका खाल्डाखुल्डी १५ दिनभित्र पुर्न निर्देशन दिनुभएको थियो ।

काठमाण्डौको नेपालटारमा एक बालिकाको ढलमा बगेर मृत्यु भएको र अर्की स्कुले किशोरी सामाखुसीमा ढलमा खसेको दृष्य बाहिर आएपछि प्रधानमन्त्री देउवाले त्यस्तो निर्देशन दिनुभएको थियो । यो अवधिमा केही काम भएपनि सडकका सबै खाल्डा, खुल्डी पुर्ने काम भने सकिएको छैन । प्रधानमन्त्री कार्यालयमा प्रतिवेदन झुटो पेश भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *