बजेटको दुई गुणा कमाइ, यो वर्षको छैटौँ सुपरहिट चलचित्र

२०७४ जेठ १५ गते

“
काठमाडौं, साउन १७ । अघिल्लो हप्ता रिलिज भएको विवादित चलचित्र ‘लिपिस्टिक अन्डर माई बुर्का’ ले बक्स अफिसमा निकै ठूलो ओपनिङ गर्न सकेन । तर चलचित्र चल्दै जाँदा दर्शकको मनमष्तिष्कमा भने बस्न पुग्यो ।
१.२२ करोडको ओपनिङपछि चलचित्रले दोस्रो शनिबार पनि १.३७ करोडको कमाइ गरेको छ । चलचित्रको अहिलेसम्मको कमाइ १३.२७ करोड पुगेको छ ।
चलचित्रको बजेट र कमाइलाई हेर्दा चलचित्र बक्स अफिसमा हिट भइसकेको छ । मात्र ६.५ करोडको बजेटमा बनेको यो चलचित्रले अहिलेसम्म आफ्नो बजेटको दुई गुना कमाइ गरेको छ ।
ट्रेड एनलिस्टका अनुसार चलचित्रको लाइफटाइम कलेक्सन १६ करोडसम्म पुग्न सक्छ । अर्थात् चलचित्र सुपरहिट हुनसक्छ ।
“

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित