मेरिकाद्धारा भेनेजुएलाका राष्ट्रपति निकोलस मडुरालाई तानाशाहको संज्ञा

काठमाडौं, साउन १७ । अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलस मडुरालाई तानाशाहको संज्ञा दिएको छ । आइतबार सम्पन्न विवादास्पद संविधानसभा निर्वाचनलाई लज्जास्पद भनेको अमेरिकाले मडुरोको अमेरिकामा रहेको सबै सम्पत्ति समेत रोक्का गर्ने जनाएको छ ।

अमेरिकी कम्पनी वा व्यवसायीलाई मडुरासँग कुनै पनि व्यापार व्यवसाय गर्न पनि प्रतिबन्ध लगाइएको छ । तर राष्ट्रपति मडुरोले भने अमेरिकी प्रतिबन्धबाट आफू नडराउने बताएका छन् । जितसँगै राष्ट्रपति मडुरोलाई संविधान पुनर्लेखनको अधिकार प्राप्त भएको छ ।

विपक्षीहरुले सत्तामा मडुरोको पकड बलियो बनाउने अस्त्र भएको भन्दै मतदान वहिष्कार गरेका थिए । (एजेन्सी)

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *