चेल्सीका म्याटिच युनाइटेडमा आवद्द

काठमाडौं, साउन १७ । चेल्सीका मिडफिल्डर नेमान्जा म्याटिच म्यानचेस्टर युनाइटेडमा अनुबन्धित भएका छन् । म्याटिचलाई युनाइटेडले ३ बर्षको लागि क्लब भित्राएको हो ।

युनाइटेड र म्याटिचबीच सोमबार राती अनुबन्धन पत्रमा हस्ताक्षर भएको थियो । म्याटिचलाई क्लब भित्राउन युनाइटेडले ४० मिलियन पाउण्ड रकम खर्च गरेको हो । युनाइटेडसंग अनुबन्धित भएपछि सर्बियाको राष्ट्रिय टोलीका सदस्य म्याटिचले युनाइटेडमा आबद्द हुन् पाउदा उत्साहित रहेको बताए ।

“म युनाइटेडको आगामी सिजनलाई लिएर निकै उत्साहित छु,” अनुबन्धपछि म्याटिचले भने, “मोउरिन्हो जस्तो प्रशिक्षकसँग पुन काम गर्न पाउनु मेरोलागि ठुलो अवसर हो, मैले यसलाई नकार्न सकिन ।” यस्तै उनले चेल्सीका समर्थकहरुलाई धन्यवाद दिदै नयाँ क्लबसँग नयाँ यात्रा गर्न तयार रहेको बताए ।

२८ वर्षीय म्याटिचले गत सिजन प्रिमियर लिगमा चेल्सीका लागि १ गोल गरेका थिए। उनले चेल्सीबाट ३५ खेल खेलेका थिए । उनी ट्रान्सफर विन्डोमा युनाइटेड आउने तेस्रो खेलाडी हुन् ।  यसअघी प्रशिक्षक जोसे मोरिन्होले डिफेन्डर भिक्टर लिन्डेलफ फरवार्ड रोमेलु लुकाकुलाई क्लबमा ल्याएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *