राजीनामा दिन पुगेका श्रेष्ठलाई देउवाले फर्काए

काठमाडौं, साउन १७ । पदबाट राजीनामादिन कार्यालय बाट बिदा भएर सोमबार सिंहदरबार पुगेका महान्याधिवक्तालाई प्रधानमन्त्री शेर बहादुर देउवाले अझै केही समय पखृन भन्दै फर्काएका छन् ।

महान्यायधिवक्ता रमनकुमार श्रेष्ठ दिउँसो साढे चार बजे राजीनामा दिने भन्दै कार्यालयबाट बाहिरिएका थिए ।

तर, प्रधानमन्त्री कार्यालयबाट फर्केका श्रेष्ठले पुन महान्यायधिवक्ता कार्यालय पुगेर प्रधानमन्त्रीलाई भेटेर मात्र फर्किएको जानकारी गराए ।

श्रेष्ठले भने, ‘मैले राजीनामाको कुरा गर्दा प्रधानमन्त्रीले अकिले पर्खनुहोस् भन्नुभयो ।’ आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *