रघुनाथ क्याम्पसको तालाबन्दी खुलेन

विष्णु जोशी, साउन १६, धनगढी । कैलालीको बौनिया स्थित रघुनाथ बहुमुखी क्याम्पसमा लागेको तालाबन्दी ६ दिन वितिसक्दा पनि खुलेको छैन ।
स्थानीय स्तरका जनप्रतिनिधिहरूलाई सम्मान गर्ने बेला पार्टीको झन्डा राखेर राजनीतिक कार्य गरेको भन्दै स्वतन्त्र विद्यार्थी युनियनले १० गतेदेखि तालाबन्दी गरेको हो ।
क्याम्पसका क्याम्पस प्रमुख नृपबहादुर कुँवरले समस्या समाधानका लागि आफू छलफल गर्न तयार भए पनि बन्दकर्ताहरू सम्पर्कमा नरहेको बताएका छन् ।
यता स्वतन्त्र विद्यार्थी युनियनका सभापति सिद्ध जोशीले भने क्याम्पस प्रशासनले समस्याप्रति चासो नै नदिएको जिकिर गरे ।
क्याम्पसका तालाबन्दी गरेपछि विद्यार्थीको पठनपाठन प्रभावित भएको छ । उनीहरूले तालाबन्दीका कारण आफूहरूको पढ्न पाउने अधिकार हनन् भएको बताए ।
अनेरास्ववियु सभापति जोशीले आज (सोमबार) देखि पठनपाठन सञ्चालन भए पनि आफूहरूको आन्दोलन जारी रहने बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *