सन्चार क्षेत्रमा रहेका समस्या समाधान गर्न प्रयास गर्ने: बस्नेत

काठमाडौं, साउन १६ । सूचना तथा सन्चारमन्त्री मोहनबहादुर बस्नेतले नेपाली सन्चार क्षेत्रमा रहेका समस्या समाधान गर्न प्रयास गर्ने बताएका छन् ।

सोमबार काठमाडौंमा नेपाल प्रेस युनियनले मन्त्री बस्नेतको स्वागतमा गरेको कार्यक्रममा उनले नेपाली सन्चारजगतमा विभिन्न खाले समस्या रहेको भन्दै ती समस्याहरुको समाधानका लागि प्रयास गर्ने बताए ।

श्रमजीवी पत्रकार ऐन कार्यान्वयनका लागि आफू छलफलमा रहेको उनले बताए ।

कार्यक्रममा प्रेस युनियनका अध्यक्ष बद्री सिग्देलले सरकारवाट श्रमजीवी पत्रकारहरुको पेसागत र भौतिक सुरक्षाको आश्वासन आउने गरेपनि व्यवहारमा नदेखिएको गुनासो गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *