कोकाकोला र आईसेकको साझेदारीमा ‘युवा वक्ता फोरम’ सम्पन्न


“
काठमाडौं, साउन १६ । ‘एसोसिएशन इन्टरन्यासनाले डेस एटुडियसेन साइन्सेस इकोनोमिक एट कमर्शियल’ (आईसेक) युवाद्धारा संचालित विश्वको गैर नाफामुलक संस्था हो । जसले १ लाखभन्दा बढि युवाहरुलाई उनीहरुको नेतृत्वदायी संभावनाका लागि सक्रिय बनाउँदै आएको जनाएको छ । कोकाकोलाले उक्त आईसेक लुम्बिनीसँगको सहकार्यमा यो वर्षको ‘यूवा स्पीक फोरम’ साउन १४ गते आयोजना गरेको बताएको छ । युवा आवाज सुनिनु पर्ने लक्ष्यका साथ, कोकाकोलाका देशिय बजार प्रबन्धक गौरव रामदेवले मुख्य वक्ताको रुपमा कार्यक्रममा सम्बोधन गरका थिए ।
देशभरका युवाहरुसँग सम्बन्ध बढाउन कोकाकोलाले नेपाल र यो क्षेत्रमा आईसेकलाई सहयोग गरेको जनाएको छ । सन् २०१६ मा कोकाकोला नेपालले एशिया प्यासिफिकका २० मुलुकबाट आएका युवाहरु सम्मिलित एशिया प्यासिफिक लिडर समिटलाई कोकाकोलाले नेपालमा सहयोग गरेको भनिएको छ ।
यो वर्ष आईसेक लुम्बिनीको च्याप्टरले करिब २ सय सदस्यहरु र युवाहरुलाई सबै जिल्लाहरुबाट संयुक्त राष्ट्रसंघको सस्टेनेबल डेभलपमेन्ट गोलको सम्बन्धमा छलफल गराएको जानकारी दिएको छ ।
छलफलमा सोनम श्रेष्ठ एफपानका केन्द्रिय युवा वक्ता लगायतले लैंगिक समानताको संवेदनशिल विषयहरुको सम्बन्धमा धारणा राखेको बताइएको छ । विशम ज्ञवाली युवा कार्यक्रम अधिकृत यूएनडिपीका एसडिजी एडभोकेट लगयतले नेपालमा गुणस्तरिय शिक्षालाई पुनः परिभाषित गर्नुपर्ने आवश्यकताको बारेमा चर्चा गरेको जनाइएको छ ।
“
