६५ वर्षीय वृद्धको पोखरीमा डुबेर मृत्यु

२०७४ जेठ १५ गते

“
गौशाला, साउन १६ । महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–११ पिगौना गाउँमा पोखरीमा डुबेर एक ६५ वर्षीय वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा महोत्तरी गाउँपालिका– ५ बस्ने ६५ वर्षीय प्रकाश महतो रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
आफ्नी बहिनीको घर पिगौनामा पूजा हेर्न गएका वृद्ध महतो ५०० मिटर टाँढा रहेको पोखरीमा नुहाउन लाग्दा डुबेर मृत्यु भएको प्रहरी उपरीक्षक राजकुमार लम्सालले बताउनुभयो । वृद्धको शव परीक्षणका लागि जिल्ला अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।
“

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित