चितवनमा चाँडै निर्वाचन गराउन आयोगको निर्देशन

काठमाडौं, साउन १६ ।  निर्वाचन अयोगले चितवनका मुख्य निर्वाचन अधिकृतलाई भरतपुरको १९ नम्बर वडामा यथाशीघ्र पुनः निर्वाचन गराउन निर्देशन दिएको छ ।

आज बसेको आयोगको बैठकले यस्तो निर्देशन दिएको हो । यस अघिनै आयोगले चितवनको १९ नम्बर वडामा फेरि निर्वाचन गराउने निर्णय गरेको थियो ।

तर आयोगको निर्णय चित्त नबुझेपछि नेकपा एमालेबाट वडा सदस्यका उम्मेदवार गुञ्जमान विक अदालत गएका थिए । आइतवार सर्वोच्च अदालतले उनको रिट खारेज गर्दै निर्वाचन आयोगकै निर्णयलाई सदर गराइदिएको छ ।

आयोगले मुख्य निर्वाचन अधिकृतलाई स्थानीय तह निर्वाचन ऐनको दफा ५० को उपदफा (५) बमोजिम मतदान रद्द गरिएका भरतपुर महानगरपालिका वडा नंं १९ का सवै मतदान केन्द्रमा मतदान हुने स्थान, मिति र समय तोकी आवश्यक सुरक्षा व्यवस्था मिलाई यथाशीघ्र पुनः मतदान गराउन एवम् मतदान सम्पन्न भई सबै मतदान केन्द्रबाट मतपेटिका प्राप्त भएपछि मतगणना कार्य सम्पन्न गर्न निर्देशन दिएको छ ।

योसँगै चितवनमा फेरि निर्वाचन गराउन बाटो खुलेको छ । अब १९ नम्बर वडामा निर्वाचन हुने छ । माओवादीका प्रतिनिधिहरुले मतगणना चलिरहेको बेलामा मतपत्र च्यातेपछि चितवनको भरतपु महानगरपालिकामा मतगणना रोकिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + 11 =