जनता बहुमुखी क्याम्पसमा विद्यार्थी सङ्गठनको तालाबन्दी

भरतराज शर्मा (गोपाल), धरान । राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठनले पटक पटक रूपमा राखेको मागलाई बेवास्ता गरेको भन्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेको छ । पटकपटक रूपमा औपचारिक र अनौपचारिक ढङ्गले मागराखी मागपत्र पेशगर्दा र विज्ञप्ति समेत निकाल्दा क्याम्पस प्रशासनले बेवास्ता गरेपछि तालाबन्दी गर्न बाध्य भएको राप्रविस जनता बहुमुखीका सह सचिव विकेश वाग्लेले जानकारी दिए ।

यसै गरी हाम्रा जायज मागहरूलाई बेवास्ता गर्नु र यस्ता मनपरि तन्त्रको घोर भत्सर्ना गर्दै यी विकृति र विसंगतिलाई हामी टुलुटुलु हेरी नबसी प्रत्येक विद्यार्थीका शैक्षिक समस्या हलको लागि राप्रविसले आन्दोलनको जुनसुकै आधिवेरी सिर्जना गर्नसक्ने राप्रविस जनता बहुमुखी कार्यवाहक अध्यक्ष दिनेश काफ्लेले बताए ।

पूर्वको शैक्षिक केन्द्रविन्दुको रूपमा परिचित यस जनता बहुमुखी क्याम्पसमाअबको विद्यार्थी आन्दोलन सहमतिको निमित्त मात्र नभएर परिणाम को लागी भएको पूर्वका प्रभावसाली विद्यार्थी नेता बिकल रेग्मीको भनाइ छ ।

त्यस्तै सङ्गठनका राप्रविस सुनसरी जिल्ला सह सचिव सुरेश मिश्रले राप्रविस विद्यार्थीका हक अधिकारका लागि सदैव समर्पित रहेको र यस्ता किसिमका विकृति र विसंगतिलाई भण्डाफोर गर्नका निमित्त कहिल्यै पछि नहट्ने भन्दै यो एउटा कास्टिङ मात्र भएको र यसले पनि हाम्रो माग सम्बोधन नभए आन्दोलनको आधिवेरी सिर्जना गर्ने तथा उक्त आन्दोलनबाट हुने क्षतिको जिम्मा क्याम्पस प्रशासन स्वयमले लिनुपर्ने भन्दै उक्त आन्दोलमा सम्पूर्ण विद्यार्थी सङ्गठनलाई ऐक्यबद्धता जनाउन अनुरोध समेत गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *