नेपाली चलचित्र भुईमान्छे’ को यूनिट धरानमा


“
भरतराज शर्मा (गोपाल), धरान । नेपाली कथानक चलचित्र भुईमान्छे को युनिट चलचित्र प्रमोसनको क्रममा सुनसरीको धरान आएको छ । आगामी भदौ २ गते रिलिज हुने चलचित्र भुईमान्छेको बारेमा जानकारी दिनका लागी सो युनिट धरान आएको हो । शैली ईन्टरटेन्मेन्ट एण्ड मुभिज प्राली र शैली थिएटरको प्रस्तुति चलचित्र ’भूईँमान्छे’ अस्पतालमा पोस्टमार्टम गर्ने मान्छेको कथामा आधारित चलचित्र हो ।
दैनिक लास चिर्ने मान्छेको जीवन कस्तो हुन्छ । उसलाई समाजले कसरी हेरेको हुन्छ । उसको मनोविज्ञान कस्तो हुन्छ यिनै कुराहरूलाई समेटिएर चलचित्र निर्माण गरेको चलचित्रका निर्माता तथा कलाकार रोहिनी भटटराईले जानकारी दिनुभएको हो । निर्माता भटटराईले धरानको होटेल हाङकुकमा आयोजित पत्रकार सम्मेलनमा सो कुरा जानकारी गराएका हुन ।
व्यावसायिक रूपमा सफल चलचित्र बन्न नसकेपनि समाजलाई सन्देश दिन सक्ने असल चलचित्र बन्नेमा आफू ढुक्क भएको चलचित्रका निर्माता भट्टराईले बताउनुभयो । त्यस्तै, सम्मेलनमै राजनैतिकमा लागेर विरक्तिएको पिडा तथा समाजमा लुटिएको मान्छेको यथार्थ घटनालाई सोही चलचित्र मार्फत देखाउन खोजिएको समेत चलचित्रकी नायिका सिपोरा गुरुङले बताएकी छिन ।
एउटा डाक्टर क्षेत्रतर्फ लागेको मान्छेलाई राजनैतिकले कस्तो असर पारेको हुन्छ त्यो खालको तितो यथार्थलाई पनि चलचित्र मार्फत देखाउन खोजिएको नायिका गुरुङले बताईन । चलचित्रमा रमेश बुढाथोकी,सहिन प्रजापति, रोहणी भट्टराई, बादल भट्ट, रामबाबु रेग्मी, शसांक बोहोरा, आर्यान न्यौपाने,नारायण न्यौपाने, सानु ताम्राकार, सौरभ ढकाल, हरि यादव लगयाको अभिनय रहेको छ ।
करिब ८५ लाखको लागतमा निर्माण गरिएको चलचित्र ३८ दिन लगाएर सम्पन्न गरिएको छ भने विशेष भूमिकामा तारा केसी,पुष्कर गुरुङ्ग र नवीन श्रेष्ठको रहेको निर्माता रोहिणी भट्टराईले जानकारी दिनुभएको छ ।
“
