अध्यक्ष थापा उफ्रिन थाले: ‘देउवाजी पहिलाको हाम्रो बाचा चटक्कै बिर्सनु भो है !’

काठामाडौं, साउन १६ । राप्रपा नेपालका अध्यक्ष कमल थापा काँग्रेस र माओवादीविरुद्ध उफ्रन थालेका छन् । सरकार विस्तारका क्रममा आफूहरुलाई केही पनि पत्तो नदिई मन्त्रीहरु चयन गरेको विषयलाई लिएर बेखुसी रहँदै आएका थापाले सत्तारुढ दलहरुप्रति चर्काे आलोचना गर्न थालेका छन् ।

‘संविधान संशोधन गर्ने भन्नु भएको छ । के संशोधन गरेर मधेसको माग पूरा हुन्छ ? हुँदै हुँदैन ।’ उनले भने,‘उहाँहरू नै ठिक हुनु हुँदैन अभि त्यो माग पूरा हुन्छ ?’ हामीले कहिल चाहिँ संशोधन विषयमा हुन्न भनेर आनाकानी गरेका छौँ । त्यो देखाउनुस् त । सोमबार उनी यसै गरी कडा रूपमा उत्रिए ।

‘पत्रकार सम्मेलनमा थापाले मधेस र मधेसीहरुको हक हितप्रति एक पाइला पछि नहट्ने प्रतिबद्धता जाहेर गर्दै आफ्नो पार्टीले संशोधन प्रक्रिया कुनै पनि हालतमा नरोकिएको दाबी गरे ।

कार्यक्रममा प्रधानमन्त्री देउवालाई पहिलाको बाचासमेत सम्झाए । उपप्रधानमन्त्रीसहित चार वटा मन्त्रालय दिने कुरा देउवाले बिर्सेको आरोप लगाए । थापाले यसैलाई लक्षित पार्दै अब ‘सरकारलाई दिएको समर्थन फिर्ता बेला आइसकेको छ । के गरौँ भन्ने विषयमा हामी सोचिरहेका छौँ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *