जनकपुरतिर पाइला सार्नुअघि प्रचण्डले यसो भने

काठमाडौं, साउन १६ । अब हुने तेस्रो चरणको चुनावमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले मधेसवादी दलहरुसँग हात मिलाएर नै अघि बढ्ने भएका छन् । जसरी हुन्छ यो चरणको चुनावमा उहाँहरुसँग तालमेल गर्नुपर्ने अवस्था देखिएको उनले बताए ।

आज सोमबार सत्तारुढ दल तथा माओवादी केन्द्र अध्यक्ष प्रचण्डसहित पार्टीका शिर्ष नेताहरु तराई झरेका छन् । चुनावलाई लक्षित गर्दै तराई झर्नेमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ,नारायणकाजी श्रेष्ठ ‘प्रकाश’, रामबहादुर थापा ‘बादल’, लगायत अन्य शीर्ष नेताहरु जनकपुर पुगेका छन् ।

स्थानीय तहको दुवै चरणको निर्वाचनमा पार्टी टुट फुटका कारण देखाउँदै अध्यक्ष प्रचण्डले जनतालाई कुनैपनि हालतमा द्वोष नदिएको प्रष्ट पारे । महोत्तरीबाट जनकपुरतिर पाइला सार्नुअघि त्यहाँका बासिन्दाहरुसँग निकैबेर गफिएका थिए । अब हुने तेस्रो चरणको चुनावमा दुई नम्बर प्रदेशमा मधेस केन्द्रित दलहरुसँग तालमेल गरेर अगाडि बढ्ने खुलस्त पारे ।

‘संविधान संशोधनको विषयमा मुख खोल्दै अध्यक्ष प्रचण्डले जसरी भएपनि एमालेले सहयोग गर्ने जिकिर गरे । ‘प्रतिपक्षी एमालेसँग यसबारे छलफल भइनै रहेको छ । उहाँहरुले पनि सोच्दै हुनुहुन्छ । परिणाम आउन बाँकी छ । यो चाँडै आउँछ ।’ उनले भने‘संविधान संशोधन होस् भन्ने हाम्रो चाहना त मरेको छँदै छैन ।’

यससँगै प्रचण्डले प्रदेश र केन्द्रको चुनाव एकैचोटी गर्नेसमेत बताए । स्थानीय तहको निर्वाचनले समय खाएपछि पछिल्लो समय हामी बीचमा प्रदेश र केन्द्रको चुनाव पनि एकैपटक सकाउने निर्णय हुँदैछ । सम्भवतः त्यसै गरिन सकिन्छ । उनले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *