आशा सार्कीको हेलिकोप्टरद्वारा उद्धार

डोल्पा १६ साउन । खुट्टा भाँचिएर रगत बगेका कारण गम्भिर अवस्थामा पुग्नुभएकी रुकुम जिल्ला गोतामकोट– ५ की आशा सार्कीलाई आज हेलीकोप्टरमार्फत उपचारका लगि सुर्खेत पु¥याइएको छ ।

यही साउन १४गते ठूलीभेरी नगरपालिका अन्तर्गत सुलिर्गाडमा गिट्टी कुट्दै गर्दा दाँयाखुट्टामा ढुंगाले लागेर भाँच्चिएकाकारण गम्भिर अवस्थामा पुगेकाले नेपाली सेनाको हेलिकोप्टरबाट थप उपचारका लागि सुर्खेत पठाइएको हो ।


भाँचिएको ठाउँबाट रगत धेरै बगेपछि उहाँको उपचार जिल्ला अस्पतालमा सम्भव नदेखिएकाले थप उपचारका लागि जिल्ला बाहिर लगिएको निमित्त प्रमुख जिल्ला अधिकारी मानबहादुर बुढाले जानकारी दिनुभयो ।

गृह मन्त्रालयमा अनुरोधपछि सुर्खेतबाट हेलिकप्टर आउन तयार भए पनि मौसममा सुधार नभएका कारण दुई दिनदेखि हेलिकप्टर डोल्पा आउन सकेको थिएन् । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *