म्यानचेस्टर युनाइटेडको खेल मार्फत रोनाल्डो खेलमा फर्कने

एजेन्सी – स्पेनिस च्याम्पियन रियल म्याड्रिडका स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो यसै साताबाट रियल म्याड्रिडको प्रशिक्षणमा सामेल हुने भएका छन् । कन्फेडेरेसन कपमा सहभागिता जनाएको र जुम्ल्याहा सन्तानको पिता बनेकाले रियलले रोनाल्डोलाई थप छुट्टि दिएको थियो ।

आगामी साता हुने युइएफा सुपर कपको खेलमा रियलले म्यानचेस्टर युनाइटेडको सामना गर्दैछ । रोनाल्डो उक्त खेल मार्फत अाफ्नो सिजनको सुरुवात गर्दैछन् । प्रि सिजनको सबै खेलमा पराजय भोगेको म्याड्रिडले रोनाल्डोको आगमनसँगै प्रदर्शनमा सुधार हुने विश्लेषकहरुको बुझाइ छ ।

यसैगरी रियलले स्पेनिस सुपर कपको होम एण्ड अवे खेलमा चिर परिचित प्रतिद्वन्दी बार्सिलोनाको पनि सामना गर्नेछ । केहि दिन अघि भएको मैत्रीपूर्ण खेलमा बार्सिलोना ३-२ ले विजयी भएको थियो । रोनाल्डोले प्रि सिजनका कुनै खेलमा पनि सहभागिता जनाएनन् ।

यस वर्षको ब्यालोन डि’ ओरको दावेदारीमा बलियो देखिएका रोनाल्डो सिजनको राम्रो सुरुवात गर्ने दाउमा छन् । रियलले यस सिजनको सुरुवातमा दुई उपाधि जितेको खण्डमा रोनाल्डोलाई व्यक्तिगत उपाधिमा पनि थप सहयोग मिल्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *