प्रधानमन्त्रीले कहिले गर्छन् मन्त्रिपरिषद विस्तार ?

काठमाडौं, फागुन ५ । प्रधानमन्त्री ओली माओवादीसँग पार्टी एकता र शक्ति बाँडफाँड टुंगिएपछि मात्र मन्त्रिपरिषद् विस्तार गर्ने पक्षमा छन् । आजको नयाँ पत्रिकामा खबर छ ।

अहिलेसम्म शक्ति बाँडफाँडबारे ठोस प्रस्तावसहित कुराकानी नभएकाले पहिले प्रचण्डसँग एकताका बाँकी विषय र शक्ति बाँडफाँडमा केन्द्रित रहेर छलफल गर्ने योजनामा प्रधानमन्त्री देखिएका हुन् । पार्टी एकतासँगै राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख, राष्ट्रिय सभा अध्यक्ष र उपाध्यक्ष, मन्त्रालयको भागबन्डा टुंगिएपछि मात्र सरकारमा सहभागी हुने माओवादीको मनस्थिति छ ।

‘पहिले उहाँहरूबीच कुराकानी टुंगिएपछि मात्र मन्त्रिपरिषद् विस्तारको सम्भावना छ । कुराकानी बाँकी नै छ,’ प्रधानमन्त्री ओलीका पूर्वराजनीतिक सल्लाहकार विष्णु रिमालले भने, ‘अध्यक्ष–अध्यक्षबीच बसाइमा विषयहरू टुंगिएपछि दुवै पार्टीको टिम बस्छ, त्यसपछि मात्र सबै कुराहरू क्रमशः अघि बढ्नेछन् ।’

गत बुधबार बसेको पार्टी एकता संयोजन समिति बैठकमा एमालेले एकीकृत पार्टीको मार्गनिर्देशक सिद्धान्त जनताको बहुदलीय जनवाद नै हुनुपर्ने अडान राखेकाले छलफल लम्बिएको माओवादीले दाबी गर्दै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + 11 =