करियर निर्माणको पहिलो पाइला Abroad Study
“
उच्च शिक्षा हासिल गर्न Abroad Study मा जाने विद्यार्थीहरुका लागि सहि गन्तब्य छनौट गर्न चुनौतिपूर्ण छ । विश्व बजारमा अवसरका ढोका प्रसस्त भएपनि राम्रो शिक्षा हासिल गर्न सकिएन वा राम्रो विश्वविद्यालय छनौट गर्न सकिएन भने, विद्यार्थीको जिवन अन्धकारमय हुन्छ । यहि कुरालाई मध्य नजर गरेर वानअप इभेण्ट मेनेजमेण्ट प्रा.लि.ले पोखरामा आजबाट Mega Education fair को आयोजना गर्दैछ ।
खासगरी प्लस टु अध्ययन गरिसकेर ब्याचलर माष्टर्स गर्न विदेश जान चाहने विद्यार्थीलाई लक्षित गरेर यो फेयर आयोजना गरिएको फेयर आयोजक वान अपका प्रमुख कायृकारी अधिकृत रवि झाले बताएका छन् ।
फेयरमा राजधानी र पोखरामा लामो समयदेखि Abroad Study का क्षेत्रमा काम गर्दै आएका कन्सल्टेन्सी तथा परामर्श दाताको सहभागीता रहने छ । फेयरले पोखराका विद्यार्थीलाई Abroad Study को विषयमा विविध ज्ञान दिने छ । फेयरमा दुई दर्जन बढि कन्सल्टेन्सी ब्यवसाय, अष्ट्रेलिया, क्यानडा, अमेरिका, बेलायतका विश्वविद्यालयको समेत सहभागीता रहेको छ ।
दुई दिनसम्म सञ्चालन हुने फेयरको ब्रिटिस काउन्सिल प्रजेन्ट्स, ग्लोवल रिच एजुकेशन कन्सल्टेन्सी, इन एशोसिएशन विथमा कङ्गारु एजुकेशन फाउण्डेशन रहेका छन् । फेयरको मेन स्पोन्सरमा इम्पल्स इन्टरनेशनल डेष्टिनेशन रहेको छ भने, सपोर्टेड वाईमा द नेक्स एजुकेशन कन्सल्टेन्सी रहेको छ ।
हामीले यसपटक Abroad Study मा नेपाली विद्यार्थी किन जाने ? यसका फाइदा, वेफाइदा, कसरी जाने, भिजा प्रक्रिया कस्तो हुन्छ, कन्सल्टेन्सी कसरी छनौट गर्ने, कस्ता विषय रोज्ने, कुनकुन देशमा जाने कानुनी आधार, लागत तथा सुरक्षाका विविध विषयमा फेयरमा सहभागी कन्सल्टेन्सी ब्यवसायी तथा शैक्षिक परामर्शदातासँग कुराकानी गरेका छौं ।
‘क्विन्सफोर्ड कलेजले ७० देखि ८० प्रतिशतसम्म छात्रवृत्ति दिएको छ’
प्रकाश पाण्डे, नेपाल प्रतिनिधी, क्विन्सफोर्ड एजुकेशन
विगत लामो समयदेखि नेपाली विद्यार्थीहरु उच्च शिक्षा प्राप्तिका लागि विकसित देशहरुमा अध्ययनका लागि जाने गरेका छन् । Abroad Study का लागि मुख्यतः बेलायत, अष्ट्रेलिया र अमेरिकामा नै पहिलो गन्तव्य बनेको छ । त्यसपछि विद्यार्थीहरु क्यानडा, न्यूजलेण्ड, जापान, भारत जस्ता देशमा जाने गर्दछन् ।
पछिल्लो समय अध्ययनका लागि अष्ट्रेलियाका जाने विद्यार्थीहरुको संख्या झन् बढिरहेको छ । कक्षा १२ उत्तिर्ण गरेपछि ब्याचलर र माष्टर्स तह अध्ययन गर्न जान चाहने विद्यार्थीहरुको संख्या बढ्दो छ । मुख्य हामीले अष्ट्रेलिया नै विद्यार्थीहरुलाई अध्ययन लागि पठाउने गरेका छौँ । अष्ट्रेलिया बाहेक केहि विकसित देशमा विद्यार्थीको रुचि छ । मुख्य रुपमा उच्च शिक्षासँगै करियर सुरक्षित बनाउनकै लागि नेपाली विद्यार्थीहरु Abroad Study मा जाने हुन् ।
क्विन्सफोर्ड कलेज एउटा बहुमुखी क्याम्पस हो । ब्यावसायिक, डिप्लोमा र एड्भान्स कोर्स अध्ययन गर्नका लागि विद्यार्थीहरु क्विन्सफोर्ड कलेजमा जाने गरेका छन् । यो कलेजमा आर्थिक अवस्था धेरै नभएका विद्यार्थीहरुले पनि पढ्न सक्नेछन् । नेपालमा करिअर नै बनाउन नसकेर विद्यार्थीहरु Abroad Study मा गएका हैनन् । नेपालमा पनि ठूला अवसरहरु छन् । तर, उचित शिक्षा नीति बन्न नसक्दा नेपाली विद्यार्थी विदेशिएका हुन् ।
क्विन्सफोर्ड कलेजले जेहेन्दार विद्यार्थीका लागि छात्रावृत्तिको व्यवस्था गरेको छ । कलेजले विभिन्न शिर्षकमा ७० देखि ८० प्रतिशतसम्म छात्रवृत्ति प्रदान गर्दै आएको छ । राम्रो अङक ल्याएका जेहेन्दार विद्यार्थीले अझ यो भन्दा बढी सेवा सुविधा पाएका छन् । जो विद्यार्थी Abroad Study मा जान चाहन्छ , त्यसले Abroad Study का विषयमा गम्भिर अध्ययन गर्नु आवश्यक छ । यसका लागि विज्ञहरुबाट सल्लाह सुझाव लिन आवश्यक छ । कुनै कन्सल्टेन्सीले भनेको कुरामा मात्र विस्वास गर्ने हैन की कन्सल्टेन्सीको इतिहास, आफु जान चाहेको देश, त्यहाँका शिक्षा निती जस्ता विषयमा जान्न आवश्यक छ ।
पोखरामा आजबाट शुरु भएको शैक्षिक मेलामा सहभागी भएर विद्यार्थीहरुले यस सम्बन्धी धेरै कुराहरु बुझ्नु हुनेछ । एक पटक भ्रमण गर्न आग्रह गर्दछु ।
“