कोहलपुर उद्योग वाणिज्य सङ्घमा मतदान कार्य सम्पन्न
मकालु खबर
२०७४ जेठ १५ गते
“
लाेकेन्द्र थापा, नेपालगन्ज । कोहलपुर उद्योग वाणिज्य सङ्घको नयाँ कार्यसमितिका लागी हिजो भएको निर्वाचनको मतदान कार्य सम्पन्न भएको छ । निर्वाचन अधिकृत लोक बहादुर शाहका अनुसार बिहान ८ बजे देखी सुरु भएको मतदान कार्य बेलुका ४ बजे सकिएको हो ।
निर्वाचन अधिकृत शाहका अनुसार १ हजार ४ सय ५७ जना मतदाता मध्ये १ हजार ३ सयको हाराहारीमा मत खसेको छ । कोहलपुर उद्योग वाणिज्य सङ्घको आगामी कार्यकालका लागी विष्णु प्रसाद खनाल र चक्र अधिकारीको प्यानल चुनावी मैदानमा उत्रिएको छ । दुवै प्यानलले आफ्नो प्यानलले जित्ने दाबी गरेका छन् ।
निर्वाचन अधिकृत शाहका अनुसार दुवै तर्फको समझदारीमा आज नै मतगणना कार्य सुरु गरिनेछ । कोहलपुर उद्योग वाणिज्य सङ्घको आफनै भवनमा निर्वाचन भएको हो ।
“
मकालु खबर
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित