स्थानीय शासन विधेयकमाथि ९९ सांसदको संशोधन प्रस्ताव दर्ता

काठमाडौं, साउन १६ ।  स्थानीय शासन सञ्चालन तथा व्यवस्थापन विधेयकमा ९९ जना सांसदको संशोधन प्रस्ताव दर्ता भएको छ ।
जिल्ला समन्वय समिति, महानगर तथा नगरपालिका र गाउँपालिकामा सिंहदरबारका अधिकार पु¥याउने कोणबाट यस विधेयकलाई महत्वकासाथ हेरिएको छ ।
आइतबार संसदको विकास समितिमा संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय र कानुन मन्त्रालयका सचिव सम्मिलित प्रारम्भिक छलफलका क्रममा विधेयकमाथि दफावार छलफल गर्ने विधि र हालसम्मको अवस्थाका विषयमा धारणा राखिएको थियो ।
सिंहदरबारको अधिकार तल्लो तहमा पु¥याउने ऐन नै यही भएको र संघीयताको मर्म यसै ऐनले बोकेको हुँदा ऐनका विषयमा बहस गर्दा हतार गर्नु नहुने बताउँदै यो विषय झारो टार्ने विषय नभएको छलफलका अधिकांशको धारणा थियो ।

१ हजार ५६ शीर्षकमा छलफल
समितिले सोमबार बिहान साढेआठ बजे उपप्रधान एवं संघीय मामिला तथा स्थानीय विकास मन्त्री, कानुन र स्थानीय विकास मन्त्रालयका सचिव बोलाई विधेयकमा परेको संशोधनकालागि दफावार छलफल थाल्दैछ । १०३ दफामा बनेको विधेयकमा थप १ दफा थप्नेलगायत १ हजार ५६ शीर्षकमा छलफल हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *