सरकारले सहयोग गरे ललितपूर गोदावरी लेलेमा नमूना नेपाल बन्ने
मकालु खबर
२०७४ जेठ १५ गते
“
काठमाडौं, साउन १६ । हाँस्यकलाकार सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) ३ वटा नमूना बस्ती बनाएर अधिकांश नेपालीको विश्वास जित्न सफल जोडी हुन् । धुर्मुश सुन्तली फाउन्डेशनका सिताराम कट्टेल तथा कुन्जना घिमिरेको जोडी पूनः अर्को परियोजना नमूना नेपालको तयारीमा जुटेका छन् , जसको लागी उपयुक्त स्थान ललितपूर गोदावरी नगरपालीका लेलेमा भेटीएको र उक्त क्षेत्रका बासिन्दाले पनि सो परियोजनाको स्वागत गर्दै सहमति पत्र बुझाएका छन् ।
उक्त स्थानका जनताको साथ र सहमतीले आफुहरु झनै उत्साहीत भएको र यो राष्ट्रिय गौरवको आयोजना र ठूलो लागतको हुने हुँदा सरकारको साथ र सहयोग मिल्नेमा आहावादी रहेको यी दम्पती बताउँछन् ।
५अर्वको लागत लाग्ने अनुमान गरिएकोे नमूना नेपाल हिमाल, पहाड र तराईका जातजाती धर्म संस्कृती मिश्रीत मिनि नेपाल बनाउन लागीएको हो ।
“
मकालु खबर
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित