डा. केसीको पाँच वर्षमा ११ पटक अनशन : माग जहाँको त्यहीँ

चिकित्सा शिक्षा सुधारको माग राख्दै शिक्षण अस्पताल महाराजगन्जका प्रा.डा. गोविन्द केसीको ११औँ आमरण अनशन छैटौँ दिन पनि जारी छ । केसीले राखेका मागमा सहमति खोज्ने प्रयासस्वरूप आइतबार पनि छलफल भएको छ । आजको नयाँ पत्रिकामा खबर छ ।

पाँच वर्षदेखि निरन्तर चिकित्सा शिक्षामा सुधारको माग गर्दै अनशन बसे पनि आफूसँग गरिएका अधिकांश सहमति कार्यान्वयन नभएको भन्दै केसीले अनशन जारी राखेका हुन् । पाँच वर्षको अवधिमा उनी एघारौँपटक अनशन बसेका छन् ।

केसीले राखेका मागमध्ये अधिकांश पूरा भएका छन् । सरकारी वार्ता टोलीका संयोजक शान्तबहादुर श्रेष्ठका अनुसार अहिले केसीका माग बुँदागत रूपमा धेरै भए पनि छलफलमा दुईवटा मात्रै रहेको बताए । आफूहरूले दिएको सुझाबलाई समेटेर चिकित्सा शिक्षा ऐन पारित गर्नुपर्ने र चिकित्साशास्त्र अध्ययन संस्थान आइओएमलाई त्रिभुवन विश्वविद्यालयबाट स्वायत्तता गराउनुपर्ने डा.केसीका मागका विषयमा छलफल भइरहेको श्रेष्ठको भनाइ छ । उनका अनुसार केसीको मागका विषयमा सरकार सकारात्मक छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *