किस्तानमा नयाँ प्रधानमन्त्री मंगलबार

इस्लामाबाद, साउन १६  ।  पाकिस्तानको संसद्मा आउँदो मंगलबार नयाँ प्रधानमन्त्री चयनका लागि निर्वाचन हुने भएको छ । पाकिस्तानी सर्वोच्च अदालतले तत्कालीन प्रधानमन्त्री नवाज सरिफलाई भ्रष्टाचारमा संलग्नताको आशंका गर्दै पद त्याग्न आदेश गरेपछि उहाँले राजीनामा दिएकाले नयाँ प्रधानमन्त्री चयन गर्न लागिएको हो ।

सत्तारूढ दलले पूर्वप्रधानमन्त्री सरिफकै भाइ सब्बाजलाई सरिफको स्थानमा पहिला सांसदमा मनोनित गरी मंगलबार प्रधानमन्त्रीका लागि उम्मेदवार बनाइनेछ ।

अन्तरिमकालका लागि पाकिस्तान मुस्लिम लिग (नवाज)का सांसद तथा पूर्वतेलमन्त्री सहिद खाक्वान अब्बासीलाई अन्तरिम प्रधानमन्त्रीका रूपमा नियुक्त गरिएको छ । अदालतले भ्रष्टाचारसम्बन्धी अभियोगमा अनुसन्धान गर्दा दोषी ठहर गरेर शुक्रबार सरिफको पदमुक्तिको फैसला गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *