‘हुर्रे’ को साईत फागुन २५ गते

धरान, फागुन ६ । नेपाली चलचित्र ‘हुर्रे’ फागुन २५ गतेबाट देशभरिका हलहरुमा लाग्ने भएको छ । चलचित्र प्रमोशनका क्रममा पूर्वी नेपालमा ब्यस्त रहेको निर्माण पक्षले आइतबार धरानमा पत्रकार सम्मेलन गरी चलचित्रका बारेमा जानकारी दिएको हो ।

चलचित्रका निर्माता सोनम लामाले चलचित्रको प्रर्दशनी समय फागुन २५ गतेका लागि तोकिएको बताए । निर्माता लामाका अनुसार चलचित्रमा एक फरक पात्र जो मन्दिर वरिपरि फूलको ब्यापार गर्ने एउटी युवती तथा चलचित्रकी नायिका केकी अधिकारीले निभाएकी दोहोरो प्रेम नाटकलाई प्रस्तुत गरिएको छ ।

यम थापाले निर्देशन गरेको चलचित्रमा अभिनेत्री केकी अधिकारी, हास्य कलाकार राजाराम पौडेल, अंकित खड्का, विजय बराल, अनुप विक्रम शाही, संगिता नापित लगायत कलाकारहरुको मुख्य भूमिका रहेको छ ।

शिव ढकालले खिचेको ‘हुर्रे’ चलचित्रमा विक्रम स्वाँरको कोरियोग्राफी, यम थापाको कथा, पटकथा, संवाद छ भने चलचित्रलाई दावा शेर्पा, सोनम लामा बलोन, टिछिरिङ दोर्जे लामाले लगानी गरेको जानकारी दिइयो । एक करोड रुपैयाँको लागतमा निर्माण गरिएको सो चलचित्रमा कालिप्रसाद बास्कोटा तथा राजनराज शिबाकोटीको स्वर र संगीत रहेको छ ।

२ घण्टा लामो समय रहेको चलचित्रको छायाङकन भने काठमाडौको पशुपति क्षेत्रमा गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + 9 =