प्रेमगीत-२ ले नेपालमा रेकर्ड तोडेका फिल्महरुको पनि रेकर्ड तोड्यो

साउन १५, काठमाडाै । शुक्रबार देखि प्रदर्शनमा आएको चलचित्र ‘प्रेमगीत २’ ले सुरुवाती व्यापार उत्साहजनक गरेको छ । दुई वर्ष अगाडी रिलिज भएको चलचित्र ‘प्रेम गीत’ को सिक्वेल रहेको यस चलचित्रले शनिवार पनि राम्रो व्यापार गर्न सफल भएको हाे । प्रेम र गीतको प्रेम कथा देखाईएको यस चलचित्रमा प्रदीप खड्का नै छन् भने गीतको भूमिकामा नयाँ अनुहार अश्लेशा ठकुरी देखिएकी छिन ।

मल्टिप्लेक्सले शुक्रबार प्रदीप खड्का स्टारर ड्रामालाई १६ सोज दिएको थियो । बुकिङमै दुई सोज सोल्डआउट थिए । शनिबार पनि उति नै सोज थिए । कुमारी, गोपिकृष्ण, एफक्युब लगायतका हलमै पुगेर अभिनेता खड्का, अभिनेत्री अश्लेषा ठकुरी, अभिनेता सन्तोष सेनले चलचित्र हेरेका थिए ।चलचित्र  प्रेमगीत-२ ले नेपालमा रेकर्ड  तोडेका  फिल्महरुको पनि रेकर्ड  तोडेको छ । रिलिजको पहिलो दिन मै काठमान्डू र मोफसल गरि १ करोड १० लाखको ब्यापार गरेको छ । यस अघि रेकर्ड  तोड्ने चलचित्रमा लूट, छक्क पन्जा, बलिउड फिल्म बाहुबली २ थिए । तिनको पनि रेकर्ड  प्रेमगीत २ ले ब्रेक गरेको छ । नागपञ्चमी र जनैपूर्णिमाको बिदाको दिनको फाइदा बटुलेको चलचित्रले हलिउड र बलिउडकै ठूलो चलचित्र रिलिज नहुँदाको अर्को फाइदा पनि मिल्यो ।

रामशरण पाठक निर्देशित चलचित्रले एक बर्मेली युवती र नेपाली केटाबीचको प्रेम सम्बन्धबाट उत्पन्न हुने द्धन्द्धको कथा पेश गर्छ । नेपाल, म्यानमार र थाइल्यान्डमा छायांकन गरिएको चलचित्रलाई आशुसेन फिल्मसले निर्माण गरेको हो । सन्तोष सेनले निर्माण गरेको यो तेस्रो चलचित्र हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *