मोनाकोलाई हराउँदै पिएसजीलाई सुपर कपको उपाधि

एजेन्सी– पेरिस सेन्ट जर्मेन (पिएसजी) ले अघिल्लो सिजनको लिग वन उपाधि विजेता एएस मोनाकोलाई २-१ ले पराजित गर्दै फ्रान्सेली लिग सिजनको सुरुवातमा आयोजना हुने फ्रेन्च सुपर कपको उपाधि जितेको छ। पिएसजीको जितमा भर्खरै क्लबमा आबद्ध भएका डिफेन्डर ड्यानी आल्भेस नायक रहे।

आल्भेसले १ गोल र १ असिस्ट प्रदान गरेपछि खेलमा पछाडी परेको पिएसजीले उपाधि जितेको थियो । मोनाकोले खेलको ३०औं मिनेटमा जिब्रिल सिडिबेको गोलमा अग्रता लिएको थियो । उनले मिडफिल्डर युरी टिलेमान्सको पासलाई सदुपयोग गर्दै गोल गरेका थिए । पहिलो हाफमा १-०को अग्रता लिएको मोनाकोका लागि युवा फरवार्ड किलियन बाप्पेले आशातीत प्रदर्शन गर्न सकेनन् ।

दोश्रो हाफको ५१औं मिनेटमा ड्यानी आल्भेसले फ्रिकिक मार्फत गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए । त्यसको १२ मिनेटपछि आल्भेसको पासमा एड्रीएन राबिओटले गोल गरेपछि पिएसजीले खेलमा अग्रता लिएको थियो । खेलमा थप गोल हुन नसकेपछि पिएसजीले सिजनको सुरुवातमै उपाधि जितेको छ ।

म्याड्रिड जाने हल्लाले गर्दा केहि दबाबमा परेका बाप्पेले राम्रो खेल्न नसकेपछि प्रशिक्षकले उनलाई दोश्रो हाफमा परिवर्तन गरेका थिए । यता बार्सिलोनाको नजरमा परेका मार्को भेर्राट्टीले भने उत्कृष्ट प्रदर्शन गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *