खोलाले बगाएर मृत्यु

नुवाकोट, १५ साउन । ककनी गाउँपालिका– १ ओखरपौवास्थित खानीखोला तर्ने क्रममा बगेर एक जनाको मृत्यु भएको छ भने एक जना रुखको हाँगा समातेर बाँच्न सफल भएका छन् ।

बाढी आइरहेका समयमा खोला तर्ने क्रममा बगेर दुप्चेश्वर गाउँपालिका –ं २ गाउँखर्क करिडुङका २८ वर्षीय तातेबहादुर तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ । खोलाले बगाएर पाँच सय मि तल ढुंगाको च्यापमा अड्किएका तामाङलाई झिकिएको प्रहरी चौकी ओखरपौवाका प्रहरी सहायक निरीक्षक रामप्रसाद कोइरालाले जानकारी दिनुभयो ।

तातेबहादुरसँगै हात समातेर खोला तर्ने क्रममा बगेका रञ्जमान तामाङ खोलामा छेउको रुखको हाँगा समातेर बाँच्न सफल भएका छन् । उनको शरीरको विभिन्न स्थानमा चोट लागेकाले स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । उनीहरु पानी घट्टको ढुंगा कुँद्न तथा घट्ट मर्मतका लागि केही दिनअघि मात्र त्यस क्षेत्रमा गएका थिए । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *