कोलोम्बिायामा खानी विस्फोटमा कैयौँ बेपत्ता
२०७४ जेठ १५ गते

“
बोगोटा, १५ साउन । मध्य कोलोम्बियामा अवस्थित एक कोइला खानीमा कार्यरत मजदुरहरु खानीमा भएको विस्फोटपछि बेपत्ता भएको समाचार छ । आइतबार बिहान उक्त खानीमा विस्फोट हुँदा त्यहाँ रहेका दर्जनौँ मजदुर बेपत्ता भएका खानी अधिकारीले जानकारी दिएका छन ।
मजदुरहरुले काम गरिरहेकै बेला विस्फोट भएपछि उनीहरु पुरिएका वा मारिएका हुनसक्ने अनुमान गरिएको छ । तर , उनीहरुको अवस्था खुल्न सकेको छैन । बेपत्ता कामदारको खोजीकार्य जारी रहेको छ ।
बोगोटाबाट ९० किलोमिटर उत्तरमा पर्ने कुन्दिनामार्का राज्यको कुकुनुबा सहरमा रहेको सो खानी विस्फोट भएको थियो । खानीमा परी बेपत्ता भएका कामदारको सङ्ख्या पनि यकिन हुन सकिरहेको छैन ।
अधिकारीहरुले विस्फोटनको कारणको खोजी भइरहेको र विस्फोटमा परी घाइते भएका चार जनाको उद्वार गरिएको जनाएको छ । रासस÷एएफपी
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








