लक्ष्यभन्दा तीनगुणा बढी राजश्व संकलन
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)
![](https://www.makalukhabar.com/wp-content/uploads/2021/01/nophoto.png)
“
काठमाडौँ, १५ आउन । काठमाडौँ महानगरपालिकाको भवन इजाजत महाशाखाले यस वर्ष लक्ष्यभन्दा तीनगुणा बढी रु ३३ करोड राजश्व संकलन गरेको छ । कामपाको भवन इजाजत महाशाखाले आर्थिक वर्ष २०७३÷७४ का लागि रु १० करोड राजश्व उठाउने लक्ष्य लिएकामा लक्ष्यभन्दा तीनगुणा बढी रु ३३ करोड संकलन भएको महाशाखाका प्रमुख राम थापाले जानकारी दिनुभयो ।
अघिल्लो आवमा पनि रु १० करोडमात्र राजश्व संकलन भएकोे यस महाशाखामा गत वर्ष भवन निर्माण सम्पन्न प्रमाणपत्र अनिवार्य गरेकाले राजश्व बढेको उहाँको भनाइ छ । पछिल्लो समय कामपामा नक्सा पास गर्नेभन्दा निर्माण सम्पन्न प्रमाणपत्र लिने बढेका छन् । वर्ष यस महाशाखाबाट दुई हजार ५४९ जनाले नक्सा पास गरेका छन् भने दुई हजार ६२४ जनाले निर्माण सम्पन्न भएको प्रमाणपत्र लिएका छन् ।
नियम अनुसार नक्सा पास भएको दुई वर्षमा भवन निर्माण गरिसक्नुपर्ने छ । निर्माण पूरा भएको तीन दिनमा प्रमाणपत्र लिनका लागि कामपामा निवेदन दिनुपर्छ । विसं २०७२ साउनदेखि कामपाले भवन निर्माण भएको प्रमाण पत्र नलिएमा त्यस्ता भवन बैंकमा राखी ऋण लिन नपाउने, पानी, बिजुली, फोहर उठाउनेजस्ता कामपाबाट पाउने सुविधा रोक्का गर्ने जनाएको थियो । रासस
“
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)