बारामा दश लाख पशुपक्षी

कलैया, १५ साउन । बारा जिल्लामा आर्थिक वर्ष ०७३/७४ मा गाई, भैसी, बाख्रा, बंगुर र कुखुरा गरी कुल १० लाख चार हजार ४४० वटा पशुपक्षी छन् । जिल्ला पशुसेवा कार्यालयका डा देवनन्दन साहका अनुसार आव ०७३/०७४ मा बारा जिल्लामा गाई एक लाख ३६ हजार २०९, भैँसी एक लाख ५४ हजार ९३, बाख्रा दुई लाख ८२ हजार २९९, बंगुर ३२ हजार ३७८ र कुखुरा तीन लाख ९९ हजार ४४१ वटा गरी कुल १० लाख चार हजार ४४० पशुपक्षी छन् , ती पशुपक्षीबाट दूध ६५ हजार ३३८ मेट्रिक टन, मासु ११ हजार ६८ मेट्रिक टन र १३ हजार ४९३ वटा अण्डा उत्पादन हुने गर्छ ।

जिल्लाको कूल जनसंख्या छ लाख ८७ हजार ७०८ रहेकामा प्रतिवर्ष प्रतिव्यक्ति दूध ९५ लिटरले कूल ६५ हजार ३३२ मेट्रिक टन, मासु १६ केजीले ११ हजार ३०० मेट्रिक टन र अण्डा १९ वटाले एक करोड ३० लाख ६६ हजार ४५२ वटा आवश्यक पर्ने देखिन्छ । जिल्लामा गाई फार्म २०२ वटा, भैँसी फार्म सात वटा, बाख्रा फार्म ४५, बंगुर फार्म २५ र कुखुरा फार्म ३८८ समेत गरी ६६७ फार्ममा एक हजार ७६७ जनाले रोजगारी पाएका छन् ।

साथै एलएनजी इन्स्योरोन्स कम्पनीले २४ लाख ३७ हजार ९७० को ४४७ वटा गाई, भैँसी र बाख्राको बीमा गरेको छ । आव ०७२/७३ गाई एक लाख २९ हजार ९३२, भैँसी एक लाख ४७ हजार ८४९, बाख्रा दुई लाख ७६ हजार ८६५, बंगुर ३२ हजार १७६ र कुखुरा तीन लाख ८७ हजार ०५७ गरी कुल नौ लाख ८३ हजार ८७९ बाट दूध ६३ हजार ०५३ मेट्रिक टन, मासु १० हजार ५५९ मेट्रिक टन र अण्डा १२ हजार ९७४ वटा उत्पादन गरेको भएको थियो । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *