मोटरसाइकल चालकको मृत्यु

मोरङ, १५ साउन । उर्लाबारी– ३ स्थित पूर्वपश्चिम राजमार्गमा बसको ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकल चालकको उपचारका क्रममा आज बिहान मृत्यु भएको छ ।

शनिबार बेलुका पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मे १ ख २१८० नंको यात्रुबाहक बसले विपरीत दिशाबाट जाँदै गरेको को १९ प ९९५६ नंको मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक पाँचथर थर्पु गाउँपालिका– ४ बस्ने ३० वर्षीय छवि भट्टराईको न्यूरो अस्पताल विराटनगरमा उपचारका क्रममा आज बिहान मृत्यु भएको हो ।

दुर्घटनामा मोटरसाइकलको पछाडि सवार मृतकका भाइ २४ वर्षीय उमेश गम्भीर घाइते भएकाम न्यूरो अस्पतालमै उपचार भइरहेको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी नायब निरीक्षक किरण प्रसाईंले जानकारी दिनुभयो । ठक्कर दिने बस र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *