कैलालीमा साइबर अपराध बढ्दै

विष्णु जोशी, धनगढी । समाजिक सजांलको बढ्दो प्रयोगसँगै कैलालीमा साइबर अपराधका घटनाहरू बढ्दै गइरहेको छ । कैलाली जिल्लामा ३ वर्ष यता ३६ वटा साइबर सम्बन्धी निवेदन जिल्ला प्रहरी कार्यालय कैलालीमा दर्ता भएको  जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

गएको वर्ष ३६ वटा परेका निवेदन मध्ये हाल सम्म १ जनालाई मात्र कारवाही भएको छ । भने, ४ वटा मुद्दामा अनुसन्धान भईरहेको बताईएको छ । ३६ वटा निवेदन मध्ये ३२ वटा निवेदन अनुसन्धानमा नै नभई बन्द भएको प्रहरी नायव उपरिक्षक विरबहादुर बुढा मगरले जानकारी दिनुभयाे । जिल्ला प्रहरी कार्यालयमा आर्थिक वर्ष २०७१/७२ मा ८ वटा निवेदन परेकोमा १ जनालाई मात्र कारवाही भयाे भने ७ जनाको फाइल त्यतिकै बन्द भएको थियो ।

त्यस्तै, आर्थिक वर्ष २०७२/७३ मा १३ वटा निवेदन परेकोमा कसैलार्इ पनि कारवाही हुन नसकेको र आर्थिक वर्ष २०७३/७४ मा १५ वटा निवेदन परेकोमा ४ वटाको अनुसन्धान सुरु भईसकेको तथा ११ वटा निवेदन बन्द गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

समाजिक सजांलको विकाससँगै फेसवुक, इमेल लगायतका विभिन्न माध्यमबाट धाक धम्की दिने जस्ता विभिन्न किसीमका अपराध बढ्दै गएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *