बाघ दिवसमा फोटो प्रदशनी

साउन १५, नेपालगन्ज । बाघ दिवसको अवसरमा आजदेखि नेपालगञ्जमा दुई दिने ‘नेपाल वाइल्ड लाइफ एण्ड नेचर फोटो प्रदर्शनी गरिएको छ । होटल किचन हटको हलमा शुरु भएको प्रदर्शनीमा १ सय ५ वढी फोटो राखीएका छन् । अन्तरालको आयोजना र व्यवस्थापनमा जारी प्रदर्शनीको नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा धवल शमशेर राणाले रिवन काटेर उदघाटन गर्नु भयो । मेयर राणाले प्रदर्शनीले प्रकृति र वन्य जन्तुबीचको सम्वन्धलाई थप प्रष्ट पारेको उल्लेख गर्दै यसको निरन्तरतामा जोड दिनु भयो ।

वर्तमानमा सामान्य लाग्ने चित्र भोलीको इतिहास र अनुसन्धानको पाटो बन्ने भन्ने भन्दै उहाँले बातावरण तथा वन्य जन्तु संरक्षण र सम्वद्र्धनले पयर्टन प्रवद्र्धन र आयश्रोत वृद्धिमा मद्यत पुग्ने विश्वास समेत व्यक्त गर्नु भयो । यस्तै उपमेयर उमा थापामगरले प्रदर्शनीले वन्यजन्तु संरक्षणका लागि सम्वन्धित निकायलाई थप सम्वदेनशिल र जिम्मेवार बनाउन मद्यत पुग्ने बताउनु भयो । अन्तरालका कार्यकारी प्रमुख जयनारायण शाहले वर्दिया र चितवन राष्ट्रिय निकुञ्जका पाटेबाघ तथा एकसिंगे गैडाका तस्वीरहरु प्रमुख आकर्षणको रुपमा रहेको बताउनुभयो । निशुल्क प्रवेशको व्यवस्था मिलाइएको प्रदर्शनी भोली ६ वजेसम्म जारी रहने अन्तरालले जनाएको छ ।

दिवसको अवसरमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले विविध कार्यक्रम गरिरहेका छन् । सन् २०१० मा रुसको सेन्ट पिटर्सबर्गमा भएको बाघ पाइने १३ देशको सम्मेलनले जुलाई २९ मा दिवस मनाउने निर्णय अनुसार नै हरेक वर्ष यो दिवस मनाउने गरिएको हो । सम्मेलनले सन् २०२० सम्ममा विश्वमा बाघको संख्या दोब्बर पु¥याउने लक्ष्य पनि निर्धारण गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *